आज विश्व सङ्गीत दिवस मनाइँदै

आज विश्व सङ्गीत दिवस मनाइँदै

काठमाण्डौ – विश्व सङ्गीत दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सङ्गीतले मानव जीवनमा पार्ने सकारात्मक प्रभाव र यसको महत्त्व स्मरण गर्दै हरेक वर्ष जुन २१ तारिखमा विभिन्न साङ्गीतिक कार्यक्रम गरी सङ्गीत दिवस मनाउने गरिन्छ ।

सङ्गीत दिवसको शुरुवात सन् १९८२ मा फ्रान्सबाट भएको मानिन्छ । नेपालमा भने २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो ।

सङ्गीत सिक्दै गरेका र व्यावसायिक सङ्गीतकारलाई एकै ठाउँमा ल्याउन र सङ्गीतलाई जनमानसमा फैलाउने उद्देश्यले विश्वका एक सय भन्दा धेरै देशमा सङ्गीत दिवस औपचारीक रुपमा मनाउने गरिन्छ ।

नेपाली मौलिक सङ्गीतसँगै पछिल्लो क्रममा विश्वमा विकास हुँदै आएका सङ्गीतका बारेमा अध्ययन, अनुसन्धान र सिर्जनाका लागि जोड दिनु पर्ने यस क्षेत्रमा लागेकाहरु बताउँछन् ।

प्रकाशित मिति : शनिबार, असार ७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij