काठमाण्डौ – निर्वाचन आयोगले उपचुनाव हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता नगराएकाहरूलाई गराउन आग्रह गरेको छ । आयोगले विज्ञप्ति निकालेर चुनावको मिति तोकिसकेपछि नाम दर्ता गर्न नपाउने भन्दै उपचुनाव हुने क्षेत्रमा यथाशीघ्र नाम दर्ता गराउन आग्रह गरेको हो ।
विभिन्न कारणले रिक्त रहेका केही पदहरूमा चाँडै चुनावको मिति घोषणा गर्ने तयारी भइरहेको आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बताउनुभएको छ । आयोगले कात्तिकको दोस्रो हप्ता उपचुनाव गर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग यसअघि नै छलफल गरिसकेको छ ।
रुपन्देही–३ मा राप्रपाका सांसद दीपक बोहराको निधन भएपछि पद रिक्त छ । त्यस्तै मनाङ क्षेत्र नम्बर १ ९२० का प्रदेशसभा सदस्य दीपक मनाङे जेल गएपछि पद रिक्त छ । पालिकाहरूमा एक दर्जनभन्दा धेरै वडाध्यक्ष पद रिक्त रहेका छन् ।
प्रकाशित मिति : बिहिबार, असार १२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्