पार्टी अध्यक्षमाथि षडयन्त्रको डटेर सामना गरौं : मेटमणि चौधरी

पार्टी अध्यक्षमाथि षडयन्त्रको डटेर सामना गरौं : मेटमणि चौधरी

बुटवल-नेकपा एकिकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले पार्टी अध्यक्ष माधव कुमार नेपालमाथि विपक्षीहरुले षडयन्त्र गरेर मुद्धा चलाएकाले यसका विरुद्ध डटेर सामना गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल लुम्बिनी र रुपन्देहीको संयुक्त भेलालाई शनिबार रुपन्देहीको तिलोत्तमामा सम्बोधन गर्दै उपमहासचिव चौधरीले यस्तो बताएका हुन् । उनले माधव नेपाल पनि  केपि ओली र अन्य नेता जस्तै हो भन्ने जबरजस्ती स्थापित गर्न षडयन्त्रपूर्वक पञ्तञ्जलीको बिषयमा मुद्धा चलाएको बताए ।

अख्तियार आफैले तामेलीमा राखिसकेको पतञ्जलीको बिषयलाई प्रतिशोधकै कारण ब्यूत्याउने काम भएको उनको टिप्पढाी छ । तत्तकालिन समयमा नेकपा एकिकृत समाजवादी पार्टी निर्माणका बेलामा वालुवाटार र ललितानिवासमा जोडेर बदनाम गराउन खोजेको स्मरण गर्दै अहिले जबरजस्ती माधव नेपालमाथि प्रहार गरिएको बताए । ‘अख्तियारले तामेलीमा राखिसकेको, संविधानमा समेत नीतिगत निर्णयका बिषयमा अख्तियारको क्षेत्राधिकारमै पर्दैन’ उनले भने –‘विपक्षीहरुले जबरजस्ती मुद्धा अगाडि बढाएका हुन् ।’ उनले विपक्षीहरुले पार्टी अध्यक्षमाथि प्रहार गरिरहदा पार्टीभित्रैबाट खिसिटयूरी गर्ने काम भएको भन्दै आपत्ती जनाए । उनले माधव कुमार नेपाललाई मुद्धा लगाउने काम ठिक मान्नेहरु विपक्षीको पाउमा पर्टी बुझाउन खोजेको टिप्पणी गरे ।
‘ यस्तो बेला डटेर मुकाविला गर्ने हो, नैतिकताको नाममा राजीनामा दिने र भाग्ने कुरा विल्कुलै ठिक हुँदैन’–उनले भने –‘नबिराउनु नडराउनू, दुश्मनहरुसँग एकजुट भएर मुकाविला गरौं ।’ उनले आफूहरु विद्रोहबाट स्थापित भएकाले पार्टीले ८४ को निर्वाचनसम्म आफूलाई बलियो बनाउने दावी गरे । दैशैभर युवाहरुको एकिकृत समाजवादीमा आर्कषण रहेको समेत बताए ।
पार्टीमा करेक्सन गराैं : रामकुमारी झाक्री 

यस्तै कार्यक्रममा  नेकपा एकिकृत समाजवादीका स्थायी कमिटि सदस्य रामकुमारी झाक्रीले पार्टीमा करेक्सन गर्नुपर्ने बताईन । उनले पार्टी अध्यक्षमाथि उठेको सवैधानिक र कानुनी समस्याबारे अर्ली महाधिवेशन गरेर समाधान गर्नुपर्ने मत राखिन ।

नेतृत्वमा एउटै व्यक्ति भइरहदा ‘मास फरेस्टेशन’ भएको समेत बताईन । उनले अब पार्टीलाई करेक्सन गर्दै नजाने हो भने असन्तुष्टिहरु बढ्दै जादा अराजकहरुको हातमा राजनीति जान सक्ने संकेत गरिन । उनले पछिल्लो समय भएका राजनीतिक परिवर्तनले केही पनि गरेन भनेर भन्नलाई सजिलो भएपनि त्यसलाई चिर्ने गरी काम गर्ने पार्टी र नेता चाहिएको बताईन ।

उनले सत्तामा जाने र ओलर्न क्रम जारी रहेको बताउँदै अब जिम्मेवारी राजनीति आवश्यक रहेको बताईन । ‘आम रुपमा अराजकता छ, पुराना नेता र सिस्टमलाई गलत देखाएर पञ्चायतका प्रेतआत्माहरु जागेर व्यवस्थका विरुद्ध बोलेका छन्, अब सोच्नुपर्दैन’ उनले भनिन । उनले पुर्नउत्थानबादी शक्तिहरुले खुलेआम गणतन्त्रका विरुद्ध बोल्ने अवस्था किन आयो भनेर दलहरु र राजनीतिज्ञहरुले करेक्सन गर्नुपर्ने बेला आएको बताईन । उनले अब यी सबै कुराहरुबाट शिक्षा लिदै पार्टीलाई नयाँ ढंगले लैजाने संकल्प गर्नुपर्ने बेला आएको बताईन ।
यस्तै कार्यक्रममा नेकपा एकिकृत समाजवादी लुम्बिनी प्रदेश अध्यक्ष अब्लुद हुसेन खाँन, पोलिटब्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडे, पार्टी रुपन्देही अध्यक्ष हिराध्वज शाह, लुम्बिनी महासचिव नारायण शर्मा लगायतले बोलेका थिए  । भेलाका अवसरमा विभिन्न पार्टी परित्याग गरेकाहरुलाई उपमहासचिव चौधरीले स्वागत गरेको युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । भेलाले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

प्रकाशित मिति : शनिबार, असार १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij