असार १५, राष्ट्रिय धान दिवसको अवसरमा बुटवल उपमहानगरपालिका–११ स्थित इडन इङ्लिस बोर्डिङ स्कुलले विद्यालय परिसरमै वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ। धान दिवस कृषि पर्व हो। तर विद्यालयले यसलाई वातावरणसँग जोड्दै वृक्षारोपण गरेर फरक रूपमा मनाएको हो। बदलिँदो मौसम र वातावरणीय चुनौतीलाई ध्यानमा राखी यस्तो कार्यक्रम गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख कुशल बस्यालले जानकारी दिए। कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरूको सहभागिता थियो। प्रधानाध्यापक शिवहरी भट्टराईका अनुसार विद्यार्थीहरूलाई दिवसबारे जानकारी दिनु र अतिरिक्त क्रियाकलापमा संलग्न गराउनु कार्यक्रमको उद्देश्य थियो। उनले यस्ता साना प्रयासले बालबालिकामा समाजप्रतिको सोच र जिम्मेवारी बुझ्ने भावना बढ्ने विश्वास व्यक्त गरे। विद्यालयले गरेको वृक्षारोपण सानो प्रयास भए पनि यसको शैक्षिक र वातावरणीय पक्ष सकारात्मक देखिन्छ।
प्रकाशित मिति : सोमबार, असार १६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्