काठमाण्डाै – घरेलु टाेली मलेशियालाई हराउँदै नेपाल एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेकाे छ ।
क्वालालम्पुरमा आज भएकाे पहिलो सेमिफाइनलमा नेपालले मलेशियालाई ९ विकेटले हरायाे । मलेशियाले दिएकाे ९१ रनकाे लक्ष्य नेपालले ११ ओभर ४ बलमा १ विकेट गुमाएर भेटायाे । नेपालका परिमार्जन यादवले नटआउट ५९ रन बनाए । मलेशियाका नागिनेश्वरन सत्नकुमारनले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे मलेशिया ४३ ओभर १ बलमा ९० रनमा अलआउट भयाे । मलेशियाका मुहम्मद फतुल मुइनले सबैभन्दा धेरै ३८ रन बनाए । नेपालका अभय यादवले ४, शुभम् खनालले ३ विकेट लिए ।
यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनलमा अहिले सिङ्गापुर र हङकङ खेलिरहेका छन् । सिङ्गापुरले हङकङले दिएकाे १ सय ६९ रनकाे लक्ष्य पछ्याइरहेकाे छ ।
नेपाल समूह ‘ए’ मा सबै खेल जितेर सेमिफइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेट, दोस्रो खेलमा जापानलाई ९ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले हराएको थियो । यो समूहबाट सिङ्गापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हाे ।
यस्तै समूह ‘बी’ बाट हङकङ शीर्ष स्थान र मलेशिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका हुन् । १६ वर्षमुनिको इस्ट जोन कपको फाइनल खेल पर्सि शनिवार हुनेछ ।
प्रकाशित मिति : बिहिबार, असार १९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्