काठमाडौँ , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले)सँगको सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने दावी गरेका छन्।
केन्द्रिय समितिको बैठकमा समापन मन्तव्य दिने क्रममा सञ्चारकर्मीसँग गठबन्धनबारे बाहिर आए जस्तो केही पनि नभएको स्पष्ट पारे। दुई ठूला पार्टी मिलेर गठबन्धन बनाउँदा स–साना समस्या आउनु स्वाभाविक भएको उनको भनाइ थियो ।
सबै समस्या छलफल गरेर समाधान गर्न सकिने बताउँदै उनले संविधानको व्यवस्थाले कुनै पनि दलको स्पष्ट बहुमत नआउने भएकाले गठबन्धन सरकार अपरिहार्य रहेको बताए।
वर्तमान गठबन्धन पूरा समय टिक्ने सभापति देउवाले ठोकुवा गरे।
प्रकाशित मिति : मंगलबार, असार २४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्