अब अनलाइनबाटै सरकारी सूचना माग तथा पुनरावेदन गर्न सकिने

अब अनलाइनबाटै सरकारी सूचना माग तथा पुनरावेदन गर्न सकिने

काठमाडौं :  अब कुनै पनि सार्वजनिक निकायसँग सूचना माग गर्न र सूचना नपाएमा पुनरावेदन गर्न सरकारी कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्ने भएको छ।

 

 

राष्ट्रिय सूचना आयोगले बिहीबारदेखि ल्याएको अनलाइन प्रणाली ‘आरटीआई म्यानेजमेन्ट सिस्टम’ मार्फत सर्वसाधारण नागरिकले घरैबाट सूचनाको हक प्रयोग गर्न पाउने भएका हुन्।

आयोगका अनुसार, rtims.gov.np लगइन गरी नागरिकले सजिलै आफूलाई चाहिएको सूचना माग गर्न सक्नेछन्। तोकिएको समयभित्र सूचना नपाएमा वा चित्त नबुझेमा सोही प्रणालीमार्फत पुनरावेदनसमेत गर्न सकिने व्यवस्था मिलाइएको छ।

‘संविधानले नागरिकको मौलिक हकको रूपमा प्रत्याभूत गरेको सूचनाको हकको उपयोग डिजिटल प्लेटफर्ममार्फत गराउन यो प्रणाली सुरु गरिएको हो’। आयोगका आयुक्त एवं प्रवक्ता गगन बिष्टले भने। यो प्रणालीले सार्वजनिक निकायहरूलाई थप जवाफदेही बनाउनुका साथै सूचना प्रवाहलाई छिटो र पारदर्शी बनाउने उनको भनाइ छ।

यो प्रणाली पहिलो चरणमा संघीय सरकारका मन्त्रालयहरू, संवैधानिक निकाय, आयोग, विभाग र विभागस्तरका कार्यालयहरूमा लागू गरिएको छ। आयोगले यसलाई क्रमशः तीन ओटै तहका सरकार र देशव्यापी रूपमा विस्तार गर्दै लैजाने योजना बनाएको छ।

कार्यक्रममा बोल्दै आयोगका प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले सूचना माग्ने र दिने दुवै पक्षमा रहेका कमजोरीहरूलाई यो प्रणालीले सम्बोधन गर्ने विश्वास व्यक्त गरे। डा. आचार्यले यो अनलाइन प्रणालीले दुवै पक्षलाई व्यवस्थित र जिम्मेवार बनाउने बताउँदै आयोगको अन्तिम लक्ष्य ‘पेपरलेस’ प्रणालीमा गएर सूचनाको हकलाई पूर्ण रूपमा कार्यान्वयन गर्नु रहेको उल्लेख गरे।

 

प्रकाशित मिति : शुक्रबार, साउन २ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij