भैरहवा, । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले जथाभावी फोहोर फाल्नेमाथि कडा निगरानी गरिरहेको छ । फोहोर उठाउन नियमित रुपमा ट्याक्टरहरु घरघरमा पुर्याउँदा समेत सार्वजनिक स्थान, सडक किनार जस्ता क्षेत्रमा फोहोर फाल्ने क्रम नरोकिएपछि नगरपालिकाले निगरानी बढाएको हो ।
नगरपालिकाले फोहोरको प्रकृति हेरेर जथाभावी फोहोर फाल्नेलाई फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (क) अनुसार ५० हजारसम्म जरिवाना तिराउन सक्ने व्यवस्था छ । सोहीबमोजिम पछिल्लो दुई महिनामा नगरपालिकाले जथाभावी फोहोर फाल्ने पसल तथा व्यक्तिहरुको भिडियो र फोटो संकलन गरी १८ जनालाई कारवाही गरेको फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख यादव प्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले नगरपालिकाले ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तिराएको छ ।
पटकपटक सम्झाउँदा अटेर गर्ने र लुकिछिपी नियमित रुपमा जथाभावी फोहोर फाल्नेको पहिचान गरी कारवाही प्रक्रिया अघि बढाइएको छ । त्यसको लागि बढी फोहोर फालिने स्थानहरुको पहिचान गरी बिहान–साँझ नगरप्रहरी परिचालन गरिएको नगरपालिकाको प्रशासन महाशाखा प्रमुख देव प्रसाद ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीका अनुसार जथाभावी फोहोर फाल्ने र सडक छेउछाउमा लगाइएको फूल टिप्ने, रुख–विरुवाहरुको हाँगा भाच्नेहरुमाथि समेत निगरानी बढाइएको छ ।
प्रकाशित मिति : मंगलबार, साउन १३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्