रोट्र्याक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीको नवौं वार्षिक पदस्थापन समारोह सम्पन्न

रोट्र्याक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीको नवौं वार्षिक पदस्थापन समारोह सम्पन्न

भैरहवा– रोट्र्याक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आफ्नो नवौं वार्षिक पदस्थापन तथा कार्यभार हस्तान्तरण समारोह भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम भैरहवास्थित सनस्टार होटलमा आयोजित गरिएको थियो।

समारोहमा प्रमुख अतिथिको रूपमा लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री माननीय श्री सन्तोष पाण्डेको गरिमामय उपस्थिति रहेको थियो।
त्यसैगरी विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति कार्यक्रमको आकर्षणको केन्द्र बनेको थियो।
गेस्ट अफ अनरको रूपमा रोट्र्याक्ट डिस्ट्रिक्ट ३२९२ का Immediate Past DRR विक्रम क्षेत्री रहनुभयो।कार्यक्रममा सहभागी अन्य विशिष्ट अतिथिहरूमाDRR Elect प्रकाश शर्मा गैरे,Inter-Committee Chair कृष्ण प्रसाद पाण्डे,Region 5, Zone 26 का Assistant Governor शिव गौडेल, रोटरी क्लव अफ सेन्ट्रल लुम्बिनी का रोटा वर्ष २०२५/२६ का अधक्ष्य विष्णु शर्मा तथा समाजसेवी श्री भरतकुमार पोख्रेल रहेका थिए।

कार्यक्रमको उद्घाटन क्लब उपाध्यक्ष अश्मिता घिमिरेले स्वागत मन्तव्यसहित गर्नुभयो भनेधन्यवाद ज्ञापन उपाध्यक्ष तथा क्लब एडमिन रिया पाहारीले गर्नुभयो।
सम्पूर्ण कार्यक्रमको सञ्चालन नव नियुक्त सचिव रबिन चौधरीले सशक्त रूपमा गर्नुभएको थियो।कार्यक्रमको संयोजन अभिषेक गुप्ता र रबिन चौधरीले संयुक्त रूपमा गर्नुभएको थियो ।

पूर्व अध्यक्ष मीना पराजुलीबाट नव निर्वाचित अध्यक्ष धीरज मरासिनीलाई औपचारिक रूपमा कार्यभार हस्तान्तरण गरियो। अध्यक्ष मरासिनीले पदभार ग्रहण गर्दै रोटरी वर्ष २०२५/२०२६ का लागि आफ्नो कार्यसमिति सार्वजनिक गर्नुभयो।

नव-निर्वाचित कार्यसमिति ले रोटा वर्ष २०२५/२०२६ को लागि सपथ ग्रहण गरेको थियो
अध्यक्षमा धीरज मरासिनी, उपाध्यक्ष तथा रोट्र्याक्ट लर्निङ फ्यासिलिटेटर अश्मिता घिमिरे, उपाध्यक्ष तथा क्लब एडमिन रिया पाहारी सचिव रबिन चौधरी,कोषाध्यक्ष अभिषेक गुप्ता, अन्तर्राष्ट्रिय सेवा संयोजक अनामिका पोखरेल, सोसियल सर्भिस चेयर अनिशा नेपाल, सार्जेन्ट एट आर्म्स तथा पब्लिक इमेज चेयर सफल भण्डारी,प्रोफेसनल डेभलपमेन्ट चेयर संजय पंगेनी र
निवर्तमान अध्यक्ष मीना पराजुली हरुले नयाँ नेतृत्वको घोषणा सँगै अध्यक्ष मरासिनीले क्लबलाई अझ ऊर्जावान, समावेशी र नविन कार्ययोजनासहित अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

रोट्र्याक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले विगतका वर्षहरूमा विभिन्न सामाजिक, शैक्षिक, वातावरणीय तथा नेतृत्व विकास कार्यक्रमहरू गर्दै आइरहेको छ। नवौं पदस्थापन समारोहले क्लबको सशक्त संगठनात्मक निरन्तरतालाई पुनः एकपटक पुष्टि गरेको छ।

प्रकाशित मिति : सोमबार, साउन १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij