बुधबार रुपन्देहीमा ‘जनजागरण अभियान’ गर्दै संघीय लोकतान्त्रिक मोर्चा

बुधबार रुपन्देहीमा ‘जनजागरण अभियान’ गर्दै संघीय लोकतान्त्रिक मोर्चा

भैरहवा, संघीय लोकतान्त्रिक मोर्चाले बुधबार भोली रुपन्देहीमा ‘जनजागरण अभियान’ आयोजना गर्ने भएको छ । मोर्चाले मंगलबार भैरहवामा पत्रकार सम्मेलनमार्फत अभियानबारे जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नागरिक उन्मुक्ति पार्टी रुपन्देहीका अध्यक्ष तुल्सी प्रसाद थारुले बुधबार बिहान ११ बजेदेखि सियारी गाउँपालिका–३ हर्नैयास्थित गाउँपालिकाको सभाहलमा कार्यक्रम सुरु हुने बताउनुभयो ।

कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, अध्यक्ष लालवीर चौधरी, महासचिव गंगा चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री अरुण चौधरी, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, जनता समाजवादी पार्टी ९जसपा०, नेपालका महासचिव रामकुमार शर्मा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ सह–अध्यक्ष सर्वेन्द्रनाथ शुक्ल, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी लगायत नेताहरुको सहभागीता रहने थारुले जानकारी दिनुभयो । रुपन्देहीमा नागरिक उन्मुक्ति पार्टीको आयोजनामा अभियान हुने उहाँले बताउनुभयो ।

लोसपा रुपन्देहीका अध्यक्ष रवि कुमार रौनियारले संविधान संशोधनका लागि सरकारलाई दबाब दिने र वर्तमान राजनीतिक अवस्थाबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताउनुभयो । उहाँले साउन १८ गते मोर्चाले काठमाडौंमा अभियान सुरु गरेको र काठमाठौंपछि रुपन्देहीमा गर्न लागेको बताउनुभयो । ‘भोलिको कार्यक्रमले रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनको तयारीको झल्को पनि दिनेछ, ’उहाँले भन्नुभयो।

पत्रकार सम्मेलनमा जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादव, राष्ट्रिय मुक्ति पार्टीका जिल्ला अध्यक्ष मुकेश यादव लगायतले भनाइ राख्नुभएको थियो । हाल मोर्चामा जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी, राष्ट्रिय मुक्ति पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टी छन् ।

प्रकाशित मिति : मंगलबार, साउन २० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij