कपिलवस्तु , कपिलवस्तुमा पोखरीमा डुबेर २ जना किशोरको मृत्यु भएको छ । जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर ७ सुखरामपुरमा पौडी खेल्ने क्रममा स्थानीय दुई किशोरहरूको डुबेर मृत्यु भएको हो। गाउँ नजिकै रहेको सार्वजनिक पोखरीमा हिजो दिउँसो सवा २ बजेतिर पौडी खेल्ने क्रममा स्थानीय रञ्जित बढाइका छोरा १२ वर्षीय आकाश बढई तथा राजेन्द्र रैदासको छोरा ११ वर्षीय अम्बर रैदासको मृत्यु भएको हो । पोखरीमा डुबेर तैरिरहेको अवस्थामा सब देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मृतक किशोरहरूको सब स्थानीय र प्रहरीको सहयोगमा बाहिर निकाली पोस्टमार्टमको लागि बहादुरगञ्ज अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक ईश्वर लौडारीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : शुक्रबार, साउन ३० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्