तिलोत्तमा , गुल्मेली सम्पर्क समाज रुपन्देहीले तीज मिलन कार्यक्रम

गरेको छ । हरेक बर्ष झैं यस बर्ष पनि तीजको अबसरमा तीज मिलन कार्यक्रम गरेको हो ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटाले गुल्मेली सम्पर्क समाजले ज्येष्ठ नागरीक मिलन,छोरी शिक्षा कार्यक्रम लगाएत राज्यले गर्न नसकेका काम समाजले गरेर मानवीय काममा उल्लेखनीय योगदान गरेको भन्दै प्रशंसा गर्नु भयो । उहाँले मानिसका दुई जात महिला तथा पुरुषले आफ्नो सत्कर्मले धर्म संस्कृतीको रक्षा गर्नुुपर्ने , धर्म संस्कृतिले कहि कतै मानवीय विभेद नगरेको भन्दै मान्छेले मान्छेलाई विभेद गर्न नहुने बताउनु भयो ।
सो अबसरमा तिलोेत्तमा नगरपालिका का नगरप्रमुख रामकृष्ण खांणले आफ्नो क्षमताले सक्ने गरी सुलभ र सरल तरिकाले चाडबाड मनाउन आग्रह गर्नु भयो । उहाँले मानवता जोगाउँदै संस्कृतीको जर्गेना गर्न पनि अनुरोध गर्नु भयो
समाजका अध्यक्ष डा.नारायण प्रसाद पन्थको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रबन्धक प्रतिज्ञा सुवेदी , तिलोत्तमा वडा नं ४ का वडाध्यक्ष हरि ब क्षेत्री , बुटवल उद्योग बाणिज्य संधका अध्यक्ष हरि अर्याल , ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डे , श्रींगेश्वर धामका अध्यक्ष ऋषी भण्डारी , समाजका सल्लाहकार टिकाराम घिमिरे, बुद्ध बहादुर थापा , लोकनाथ उपाध्याय , कार्यक्रम संयोजक कविता अर्याल लगाएतले बोल्नुु भएको थियो । कार्यक्रमको संचालन इश्वरा अर्यालले गर्नु भएको थियो ।
प्रकाशित मिति : आइतबार, भाद्र १ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्