रुपन्देही – सञ्चारीका समूह रूपन्देहीले आयोजना गरेको तिज मिलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले हिन्दु नेपाली नारीहरूको महान् पर्व तिज कुनै विकृति नभई संस्कृति भएको भन्दै यसको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो। उहाँले महिला पत्रकारलाई कलममार्फत सत्य–तथ्य घटनाहरू उजागर गर्न पनि आग्रह गर्नुभयो।
सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले तिज मिलन कार्यक्रमले होटल तथा पर्यटन क्षेत्रमा प्रवद्र्धन हुने बताउँदै यसले स्थानीय पर्यटनलाई थप सहयोग पुग्ने धारणा राख्नुभयो।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल, केन्द्रीय उपाध्यक्ष आर.पी. आचार्य र महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पान्डेयले तिज पर्वमा देखिएका विकृतिका कारण यसको मौलिकता धमिलो हुँदै गएको भन्दै सचेतना आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा सञ्चारीका समूह लुम्बिनीकी संस्थापक अध्यक्ष अमृता अनमोल, संस्थाकी निवर्तमान अध्यक्ष निरु गौतम र डब्ल्यूडब्ल्यूजेकी संस्थापक अध्यक्ष भगवती पाण्डेयले पनि आ–आफ्ना भनाइ राख्नुभएको थियो।
सञ्चारीका समूह रूपन्देहीकी अध्यक्ष मिना भट्टराई ढकालको अध्यक्षता तथा महासचिव छाया पन्तको सञ्चालनमा सम्पन्न कार्यक्रममा पत्रकार, समाजसेवी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रकाशित मिति : बिहिबार, भाद्र ५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्