तौलिहवा, कपिलवस्तुको चारनम्बर–तौलिहवा सडकखण्डको बीच भागमा बिष्फोटक पदार्थ पड्किएको छ ।
विहीबार साँझपख पचेहरा नजिकको सडकखण्डको बीच भागमा विष्फोटक पदार्थ पड्कदा सडकखण्डमा क्षति भएको छ । अस्थायी प्रहरी पोष्ट जहदीका अनुसार विष्फोटक पदार्थले सडकखण्डमा ४ फिट गहिराई बनाएको छ भने १० फिट चौडाईको खाल्डो पारेको छ ।
सडकखण्डमा ठूलो आवाजमा विष्फोटक पदार्थ पड्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार उक्त विष्फोटक पदार्थले सडकखण्डमा क्षति गरेपनि अन्यत्र कुनै अप्रिय घटना घटेको छैन् ।
उक्त विष्फोटक पदार्थ सडक भित्रै दबिएर रहेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्