काठमाडौं , काठमाडौंको जडीबुटीमा आज बिहान बससँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु भएको छ ।
आज बिहान करिब पौने तीन बजेतिर जडीबुटीको आकासे पुल नजिकै रोकिराखेको बागमती प्रदेश ०१–००६ ख ४२४३ नम्बरको बसमा कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा स्कुटर चालक पश्चिम नवलपरासीको सुनवल नगरपालिका १ घर भई हाल भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरीष पौडेल र काभ्रेको पाँचखाल–२ होक्से घर भएका २३ वर्षका नितेश नेपालको मृत्यु भएको हो ।
उनीहरूको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्