देशका सबै स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाए

देशका सबै स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाए

काठमाडौँ , पहिलो पटक देशका सबै स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एकैपटक १२२ उपसचिव र ९७ शाखा अधिकृतको सरुवा गरेको हो।

उनीहरूमध्ये अधिकांशलाई नगर तथा गाउँपालिकाको प्रशासकीय अधिकृत बनाएर पठाएको मन्त्री भगवती न्यौपानेले जानकारी दिइन्। उनका अनुसार कर्मचारी पठाइएपछि नजाँदा २०० पालिका निमित्तका भरमा चलिरहेका थिए। सुशासनको मुख्य औजार कर्मचारी प्रशासनलाई निरन्तर सुधार र परिमार्जन गर्नेतर्फ निरन्तर लागिरहेको मन्त्री न्यौपानेले बताए।

स्थानीय तहको पुनःसंरचनापछि पहिलोपटक स्थानीय तहहरुमा प्रशाशकीय अधिकृत नहुने समस्या समाप्त भएको हो। मन्त्रालयले दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाइएसँगै यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको आर्थिक वा प्रशासनिक जिम्मेवारी स्वतः रद्द भएको छ ।

योसँगै कर्मचारी सरुवामा हुने बाह्य चलखेलको अन्त्य, सुगममा मात्र बस्ने प्रवृत्ति रोकथाम, दुर्गममा समेत सेवाको पहुँच विस्तार, सेवा प्रवाहको गति र कार्यकुशलतामा वृद्धि हुनुका साथै जनप्रतिनिधिले विशेष व्यक्ति तोक्ने प्रवृत्ति अन्त्य हुने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति : शुक्रबार, भाद्र १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij