पाल्पा । छोरो गुमाएको शोकमा रामपुर नगरपालिका १० पाल्पाका ६५ बर्षका भिमराज तिमिल्सिनाले आत्महत्या गरेका छन् । गत शनिबार राती हृदयघातका कारण निधन भएका जिल्लाकै सामाजिक व्यक्ति कृष्णप्रसाद तिमिल्सीनाका बुवाले भिमराजले सोमबार बिहान आत्महत्या गरेका हुन् ।
२ बजेसम्म कुरुवासंगै बसेको र त्यसपछि आत्महत्या गरेको बताइएको छ । घरसँगै रहेको लिचिको रुखमा झुण्डीएर बिहान तीन बजेतिर उनले आत्महत्या गरेको स्थानीय छिमेकी तुल्सीप्रसाद भण्डारीले जानकारी दिए । तीन दिनको अन्तरमा बाबु र छोराको निधन भएपछि अहिले गाँउ पुरै शोकमग्न भएको उनले बताए ।
पाल्पा सदरमुकाम तान्सेनको बारुदखानमा रहेको आफ्नै निवासमा हृदयघातका कारण ४० बर्षिय कृष्णको निधनपछि शोकाकुल ६५ बर्षिय बुवा भिमराज तिमिल्सीनाले आत्महत्या गरेका हुन् ।
गाउँका मेहनेती कृषक भिमराजले पहिलेदेखि नै छोरा कृष्णप्रति गौरब र सन्तुष्टी व्यक्त गर्ने । तर त्यही छोरोको निधन भएपछि निराश भएको छिमेकीहरुले बताएका छन् । उनका छोरा कृष्ण झण्डै ७ बर्षदेखि टेलिभिजनको अध्यक्ष हुनुका साथै तानसेस्थीत मिसन अस्पतालको नसिङ्ग कलेज, मेलेनियम कलेज लगायतमा लामोसमयदेखि गणित विषयको प्राध्यापन गर्थे ।
तानसेन श्रीमतीसँगै बस्दै आएका तिमिल्सीना पाल्पामा भद्र, मिलनसार र मेहनेती आशा लाग्दो सामाजिक तथा बौद्धिक युवाका रुपमा चिनिन्थे । कृष्णकी आमा अशक्त छन् भने भाईबहिनीहरु परिवारसहित छन् ।
प्रकाशित मिति : सोमबार, भाद्र ३० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्