गुल्मीको मुसिकोटमा मकैको आटोको ब्राण्डिङ र बजारीकरण शुरू

गुल्मीको मुसिकोटमा मकैको आटोको ब्राण्डिङ र बजारीकरण शुरू

जनार्दन घिमिरे ,

गुल्मी

गुल्मीको मुसिकोट नगरपालिकामा जिल्लामै पहिलो पटक मकैको आटो ब्राण्डिङ र बजारीकरण गर्न थालिएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ३ को साना किसान कृषि सहकारी संस्थाले मुसिकोट नगरपालिका अन्तर्गत फेँदीमा खाद्य प्रशोधन उद्योग स्थापना गरेर मकैको आटोको ब्राण्डिङसँगै बजारीकरण शुरू गरेको हो ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ गुल्मी, मुसिकोट नगरपालिका र कृषि ज्ञान केन्द्रको गरी ७३ लाख र साना किसान सहकारी संस्थाको १६ लाख ५० हजार लागतमा भवन निर्माणदेखि मकैको आटो बजारीकरणसम्म आइपुग्दा झन्डै ९० लाख रुपैयाँ खर्च भएको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि छन्तेलले बताउनुभयो ।

साना किसान सहकारीले स्थानीय किसानसँग मकै प्रतिपाथी दुई सय रुपैयाँमा खरिद गरी त्यसलाई प्रशोधन, लेबलिङ र प्याकेजिङ गरेर बजारमा पठाएको छ । मकैको आटोलाई प्रतिकिलो एक सय ३० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । सहकारीमार्फत स्थानीय बजार हुँदै बुटवल र काठमाण्डौसम्म आटो बिक्री गर्ने लक्ष्य रहेको साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक विवेक पेमीले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेलले उत्पादित मकैको आटो र पिठोलाई बजारीकरण गर्न नगरबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रकाशित मिति : सोमबार, भाद्र १६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij