काठमाण्डौ – जेन–जीको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएपछि विभिन्न शिक्षण सङ्घसंस्थाहरुले आज र भोलि शोक बिदा दिने निर्णय गरेका छन् ।
नेपाल मन्टेश्वरी एशोशियसन एनएमएका अध्यक्ष पवित्रा लिम्बु, अपेनका अध्यक्ष बद्री दाहाल, हिसानका कार्यवाहक अध्यक्ष युवराज शर्मा, नेशनल प्याब्सन अध्यक्ष सुवाष न्यौपाने र प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले संयुक्त विज्ञप्ति निकालेर दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । काठमाण्डौ तथा ललितपुर महानगर र जिल्लाहरुले पनि पठानपाठन बन्द गर्ने निर्णय गरेका छन् ।
यस्तै त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चाल विश्वविद्यालयले परीक्षा स्थगित गरेका छन् । त्रिविको चार वर्षे स्नातक तहको आज, भोलि र पर्सिको परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । स्थगित परीक्षा असोज २, ४ र ५ गते हुने त्रिविले जनाएको छ ।
त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयले पनि आज र भोलि हुने स्नातक तथा स्नातकोत्तर तहको परीक्षा स्थगित गरेको छ । काठमाण्डौ विश्वविद्यालयले आज पठनपाठन नहुने जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र २४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्