काठमाण्डौ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशव्यापी रूपमा अनिश्चितकालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ । महासङ्घले ‘जेनजी’ समूहले हिजो गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारबाट दमन भएको र अवस्था असहज भएसँगै शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने जनाएको छ ।
सरकारबाट उचित शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि देशभर यात्रुवाहक र मालवाहक सार्वजनिक गाडी सञ्चालन नगर्न/नगराउन महासङ्घले आफ्ना सम्पूर्ण सदस्य सङ्घ, समिति, कम्पनी तथा प्रालिलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वारले आज एक विज्ञप्ती निकालेर जेनजी समूहविरुद्ध भएको सरकारी दमन र १९ जनाको ज्यान गएकोमा दुःख व्यक्त गर्नुभएको छ । साथै घाइतेको उपचारमा महासङ्घका सबै सदस्यलाई सक्दो सहयोग गर्न समेत महासङ्घले आह्वान गरेको छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र २४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्