काठमाडौँ , त्रिभुवन विश्वविद्यालयले कात्तिक १० गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।
मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण हिउँदे बिदामा कटौती गर्नेगरी विश्वविद्यालयले बिदा दिएको विश्वविद्यालय रजिष्ट्रारको कार्यालयका सूचना तथा सम्पर्क महाशाखाका प्रमुख लिल्लीथापा क्षेत्रीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।
सूचनामा भदौ २९, ३० र ३१ तथा असोज १, २ र ५ सँगै ९ गते बिदा दिई कात्तिक ११ गतेदेखि मात्र नियमित पठनपाठन हुने जनाइएको छ। यो बिदाबीचमा दशैँ, तिहार र छठको बिदा परेको छ।
प्रकाशित मिति : बिहिबार, भाद्र २६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्