काठमाडौँ , खुद्रे आयोजना अघि नबढाउने निर्णय गरेका नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले त्यस्ता आयोजनाहरू कार्यान्वयन नगर्दा १०० अर्ब रुपैयाँ स्रोत बचत हुने बताएका छन्।
अर्थ मन्त्रालयमा सोमवार पदबहाली पछि अर्थका अधिकारीहरूसँगको छलफलमा उनले त्यस्ता आयोजनाहरू हटाउन कार्यदल गठन गर्ने पहिलो निर्णय गरिएको बताए।
उनले यो ६ महिनाभित्र कुनै हालतमा निर्वाचन गर्नुपर्ने भएकाले अहिलेको बजेटमा त्यो प्रबन्ध नगरिएको उल्लेख गर्दै खुद्रे आयोजना कटौती गरेर १ खर्ब जोहो गर्न लागिएको बताए।
वर्तमान सरकार पूरक बजेटको सोचमा नरहेकोसमेत उनले स्पष्ट पारे। राजनीतिक दवाबमा बजेटमा छिराइएका आयोजनाहरूलाई अघि नबढाइने उनले स्पष्ट पारे।
प्रकाशित मिति : सोमबार, भाद्र ३० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्