प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट

काठमाडौँ : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ।

 

मंगलवार अपराह्न सिंहदरबारमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई भेटेका हुन्। भेटका क्रममा नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपालको समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

नेपालको विकास, पुनर्निर्माणमा भारतले सघाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ। साथै नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा भारत रहेको बताए।

भारतले जेनजी आन्दोलनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी हुन्।

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरिएको छ।

प्रकाशित मिति : मंगलबार, भाद्र ३१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij