एक वर्षमा ३४२ जनाको उद्धार

एक वर्षमा ३४२ जनाको उद्धार

भैरहवा , शुभ अवसर ग्राम नेपाल शाखा कार्यालय भैरहवा, रुपन्देहीले एक वर्षको अवधिमा ३ सय ४२ जनालाई उद्धार गरेको छ । गत आर्थिक वर्ष २०८१र०८२ मा ३ सय ४२ जनालाई उद्धार गरिएको संस्थाले जनाएको छ । केहीलाई नेपाल र केहीलाई भारतको विभिन्न स्थानबाट उद्धार गरिएको हो।

परियोजना अधिकृत सत्यनारायण यादवका अनुसार आन्तरिक तथा बाह्य रुपमा ३ सय ४२ जनालाई नेपाल र भारतको विभिन्न स्थानहरुबाट उद्धार गरिएको हो । बेचबिखन र जोखिममा परेकामध्ये १ सय ३९ जनालाई दीर्घकालीन तथा अल्पकालीन आश्रय तथा सुरक्षा सेवा प्रदान गरिएको यादवले बताउनुभयो । उहाँका अनुसार सुरक्षित आवास गृह, नेपाल भारत, सिमानाका र स्थलगतस्तरमा गरी २ सय १८ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ ।

उद्धार गरिएकामध्ये १ सय १८ जना सेवाग्राहीहरुलाई प्रहरी र सम्बन्धित सरोकारवालाहरुको सहयोगमा अन्य संघ–संस्थाहरुमा रिफर गरिएको उहाँले बताउनुभयो । त्यस्तै विभिन्न स्थानहरुबाट उद्धार गरिएका सेवाग्राहीहरुलाई २ सय ७६ सत्र मनोविमर्श सेवा प्रदान समेत गरिएको उहाँको भनाइ छ ।

भारतमा क्रियाशील गैरसरकारी संस्था किन इण्डिया, नेपाली दूतावास र विभिन्न सरकारी तथा गैरसरकारी सरोकारवालाहरुको समन्वय सहयोगमा १७५ जना युवा, महिला तथा बालबालिकाहरुलाई भारतबाट उद्धार गरी स्वदेश फिर्ता गरिएको शुभ अवसर ग्राम नेपाल शाखा कार्यालय, भैरहवाले जनाएको छ ।

गत आर्थिक वर्षमा रुपन्देहीको लखनौतिया, भगवानपुर, मर्चवारी, कालीदह, क्रक्रहवा सीमानाका भएर भारत जाँदै गरेका ८ हजार ४ सय ९५ जना महिला, बालबालिका र युवायुवतीहरुलाई मानव बेचबिखनबारे जानकारी र परामर्श सेवा पनि दिइएको यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार सीमा निगरानीको क्रममा ५६ जनालाई सीमानाकाबाट फिर्ता गरिएको थियो । संस्थाले पहुँच गरेकामध्ये ३२ जना सेवाग्राहीहरुलाई स्वास्थ्य उपचार सेवा प्रदान गरिएको छ । १ जना सेवाग्राहीहरुलाई शिक्षाको निरन्तरताको लागि सहयोग समेत गरिएको उहाँले बताउनुभयो ।

विभिन्न ठाउँहरुमा उद्धार गरिएका ९ जना सेवाग्राहीहरुलाई सीपमूलक तालिम र ९ जना सेवाग्राहीहरुलाई व्यवसायका लागि बिउ पूँजी प्रदान गरिएको छ । उद्धार गरिएका १० जनालाई कानूनी सहयोग सेवा प्रदान गरिएको छ । मानव बेचबिखन तथा ओसारपसार अभियोगमा ४ वटा मुद्दा समेत दर्ता भएको संस्थाले जनाएको छ । पछिल्लो समय नेटवर्क मार्केटिङको नाममा पनि मानव बेचबिखन तथा ओसारपसार भइरहेको पाइएको परियोजना अधिकृत यादवले बताउनुभयो ।

प्रकाशित मिति : शनिबार, असोज ११ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij