दाङ – राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सिमा क्षेत्र चोरखोलामा माइक्रोबस दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको ज्यान गएको छ । दुई जना पुरुष र एक महिलाको ज्यान गएको हो । ज्यान गुमाउनेको परिचय खुल्न बाँकी छ ।
रुकुमबाट दाङ तुलसीपुरका लागि छुटेको लु २ ख ६५०२ नम्बरको माइक्रोबस कपुरकोट–३ चोरखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा दुई जना घाइते छन् ।
उनीहरुको तुलसीपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाउने तयारी भइरहेको छ । घटनास्थलमा अहिले उद्दार कार्य चलिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, असोज १२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्