काठमाण्डौ – सूदूरपश्चिमका केही ठाउँमा हल्कादेखि मध्यम बर्षा भएको छ । सुदुरपश्चिमको हनुमाननगरनगरपालिकामा ४४ मिलिमिटर पानी परेको छ ।
आज सबै प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङ सहितमध्यम वर्षाको सम्भावना छ। यसैगरी बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै ठाउँमा मेघगर्जन÷चट्याङ सहितमध्यम वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको समेत प्रभाव छ ।
प्रकाशित मिति : मंगलबार, असोज १४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्