काठमाण्डौ – नेपाल र वेस्ट इन्डिजबीचको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । यो खेल संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा राति सवा आठ बजे शुरू हुनेछ । नेपालले लगातार दुई खेल जितेर शृङ्खला जितिसकेको छ ।
यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो । जुन नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्य राष्ट्रलाई पहिलो पटक हराएको थियो । यस्तै गएराति भएको खेलमा वेष्ट इन्डिजलाई ९० रनले हराउँदै नेपालले सृङ्खला जितेको छ ।
गएरातिको खेलमा प्रभावशाली जित निकालेर टेस्ट राष्ट्रविरुद्ध पहिलो शृङ्खलामै शानदार प्रदर्शन गरेर शृङ्खला नै जितेको हो । वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता हो । तीन खेलको ऐतिहासिक ‘युनिटी कप’ टी–२० शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहेको छ ।
प्रकाशित मिति : मंगलबार, असोज १४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्