डोटी , डोटीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
अछामबाट धनगढी गइरहेको सुपप्र०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्ग अन्तर्गत जोरायल गाउँपालिका–२ मा आज बिहान दुर्घटना भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन्।
आज बिहान ५ः३० मा भएको उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। जसमध्ये ८ जना गम्भीर घाइते भएको उनले बताए।
चालकसहित २२ जना सवार उक्त बस दुर्घटनामा अछामको मंगलसेन नगरपालिका वडा नम्बर ९ की २२ वर्षीया हरिया परियारको घटनास्थलमा मृत्यु भएको हो। यसैगरी घाइतेहरूलाई उपचारका लागि धनगढी प्रादेशिक अस्पतालमा लगिँदै गरेको मिश्रले जानकारी दिए।
बस जोरायल गाउँपालिका–२ मा अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेको मिश्रले बताए।
प्रकाशित मिति : शनिबार, असोज २५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्