अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ मनाइयो

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ मनाइयो

काठमाण्डाै – छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यतालाई अर्घ्य दिइएको छ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुहरू अहिले छठघाटमै पूजा आराधना गरिरहेका छन् ।

व्रतालुहरूले आज पोखरी तथा नदी किनारमा बनाइएका छठघाटमै रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिनेछन् । उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा शख्खर हालेर बनाइएको खीर षष्ठी मातालाई चढाई व्रतालुले प्रसाद स्वरूप खाने र नुन नखाई एक छाक फलाहार ग्रहण गर्ने गर्छन् ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि रहेको छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले परिवारको सुख, कल्याण र समृद्धि हुने विश्वास छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउलगायतको बढी प्रयोग गरिन्छ । छठका लागि तराई मधेश र काठमाण्डौ उपत्यकाका नदी, तलाउ र जलाशय झकिझकाउ भएका छन् । पहिले पहिले तराईमा मात्रै सीमित छठ पूजा पछिल्ला वर्षहरूमा काठमाण्डौ उपत्यकासहित पहाडमा पनि धुमधामले मनाउन थालिएको छ ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल आज काठमाण्डौको गुह्वेश्वरी पुगेर छठी माताको पूजा आराधना गर्नुभएको छ । उहाँले गुह्वेश्वरी मन्दिर अगाडि बागमती नदी किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आराधना गर्नुभएको हो ।

छठ पर्वका अवसरमा राष्ट्रपतिले हरेक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहिआएको छ । तर यस वर्ष भने राष्ट्रपति गुह्वेश्वरीमा मात्रै जानुभएको हो ।

यसैबीच प्रधानमन्त्री सुशीला कार्कीले कमलपोखरी पुगेर छठी माताको पूजा आराधना गर्नुभएको छ ।

प्रकाशित मिति : सोमबार, कार्तिक १० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij