बुटवल-“वर्तमान अवस्थामा प्रदेश सभा सदस्यको भूमिका” विषयक सार्वजनिक संवाद बुटवलमा सम्पन्न भएको छ। सञ्चारिका समूह लुम्बिनीद्वारा आयोजित कार्यक्रममा सभामुख–उपसभामुख, संविधानविद्, जनप्रतिनिधि र युवाहरूको सहभागिता थियो।
कार्यक्ममा संविधानविद् खिमलाल देवकोटाले राजनीतिक दलको एकाधिकारवादी सोचले संघीयता कमजोर बनाएको भन्दै संविधान र राष्ट्रियताको रक्षा आजको प्रमुख आवश्यकता रहेको बताए। उनका अनुसार, प्रदेशले बनाएका ऐनमध्ये नागरिक हितका कानुन १० प्रतिशत मात्रै छन्।
उपसभामुख मेनका खाँणले आर्थिक स्वायत्तता बिना संघीयता सुदृढ नहुने बताउँदै दलगत स्वार्थभन्दा माथि उठेर एकजुट हुन आग्रह गरिन्।
अर्थविश्लेषक मनिकर कार्कीले राजनीतिक संयमताको अभावले अस्थिरता निम्त्याएको र भ्रष्टाचार अन्त्यका लागि दृढ इच्छाशक्ति जरुरी रहेको बताए।
सभामुख तुलाराम घर्तीले संघीयताले नागरिक र सरकारबीच प्रत्यक्ष सम्बन्ध स्थापित गरेको बताउँदै प्रदेशमाथिका प्रश्नहरू संघीयतामाथिका प्रश्न हुन् भने।
उनका अनुसार,“जेन–जेड आन्दोलनपछि प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठन संविधानकै संरक्षणका सन्दर्भमा भएको हो। संसदिय व्यवस्था र संघीयताको मर्मअनुसार अहिले देश अघि बढिरहेको छ।”
सभामुख घर्तीले थपे,“प्रदेश सरकारले ग्रामीण सडक, पालिका पहुँचमार्ग र ठूला योजनामा उल्लेखनीय काम गरिरहेको छ, तर प्रचारको अभावले त्यसको मूल्यांकन भएको छैन। संघीयतालाई आर्थिक मात्र होइन, राजनीतिक दृष्टिले पनि बुझ्न आवश्यक छ।”उनले संघीयताको उपलब्धि उल्लेख गर्दै भने,“संविधानले सबै समुदायका नागरिकको प्रतिनिधित्व सुनिश्चित गरेको छ — यो संघीयताको ऐतिहासिक उपलब्धि हो।”कार्यक्रमका सहभागीहरूले संविधानको रक्षा, सुशासन प्रवर्द्धन र दलगत स्वार्थभन्दा माथि उठ्ने राजनीतिक संस्कारको आवश्यकता औंल्याए।
प्रकाशित मिति : मंगलबार, कार्तिक ११ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्