काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्रैबाट ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजना उदघाटन गर्नुृभएको छ ।
रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको उदघाटन प्रधानमन्त्री ओलीले आफ्नो कार्यालयभित्र रहेको ‘वार रुम’बाट स्वीच थिचेर गर्नुृभएको हो ।
काठमाडौंमा प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका(५ सिम्लेबाट एकसाथ उदघाटन गर्नभयो ।
आयोजनाको पहिलो र दोस्रो युनिट ९३०र३० मेगावाट०बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो । सोमबार उदघाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु हुनेछ । यो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, मंसिर २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्