दाउन्ने खण्डमा सडक हिलाम्ये हुँदा गाडीको जाम, यात्रु समस्यामा

दाउन्ने खण्डमा सडक हिलाम्ये हुँदा गाडीको जाम, यात्रु समस्यामा

काठमाण्डौ , सडक हिलाम्ये भएपछि बुटवल–नारायणगढअन्तर्गत दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा समस्या भएको छ । पानी पर्न रोकिए पनि दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले गाडीको लामो जाम छ ।

जिल्ला प्रहरी कार्यालय, नवलपरासी पूर्व का अनुसार दाउन्नेमा एकतर्फी हुँदा गाडीहरु विस्तारै चलेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डमा समस्या छ ।

अहिले दाउन्ने क्षेत्रमा सडक अत्यधिक हिलाम्ये र चिप्लो भएकाले कतिपय ठाउँमा एकतर्फी रूपमा मात्र गाडी चलिरहेका छन् । यात्रु समस्यामा परेका छन् ।

दाउन्ने नजिकैको घ्यू खोलामा बेला–बेला गाडी फस्ने गरेकाले गएराति यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो । प्रहरीले यात्रुलाई आवश्यक सावधानी अपनाई र बाटोको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : आइतबार, कार्तिक १६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij