बुटवल । कलम भुसाल (निकोलस) लाई तत्काल पक्राउ गरी कारबाही गर्न युवा संघ नेपाल, रुपन्देहीले माग गरेको छ ।
आइतबार बसेको बैठकले भुसाललाई तत्काल पक्राउ गरी आत्मालोचनासहित कडा कारबाही नगरेसम्म रुपन्देही प्रवेशमा रोक लगाउने निर्णय गरेको अध्यक्ष कृष्ण कुमालले जानकारी दिए ।
रुपन्देहीको सैनामैना घरमा भएका भुसाललाई प्रहरीले कारबाही नगरे युवा संघले गर्ने कुमालले चेतावनी दिए ।
भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत विभिन्न नेताहरूको घर जलाउने र घेरा हाल्ने जस्ता अभिव्यक्ति दिँदै आएको आएका छन् ।
प्रकाशित मिति : आइतबार, कार्तिक १६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्