माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको एकता घोषणा कात्तिक २० गते गर्ने निर्णय

माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको एकता घोषणा कात्तिक २० गते गर्ने निर्णय

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितको पार्टी एकता घोषणा यही कात्तिक २० गते हुने भएको छ । आज बिहान बसेको माओवादी केन्द्र सचिवालय बैठकले कात्तिक २० गते काठमाण्डाैमा एकता घोषणा कार्यक्रम गर्ने निर्णय गरेको नेता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

नेता सापकोटाका अनुसार माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन समूह, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच एकताको घोषणा हुँदैछ । एकतापछि नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’ राख्ने सहमति भएको नेता सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार राजनीतिक सिद्धान्तबाट माओवाद हटाएर मार्क्सवाद–लेनिनवाद मात्र राख्ने र एकीकृत पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्ड रहने सहमति भएको छ ।

पार्टी एकता गर्ने निर्णयले माओवादी र एकीकृत समाजवादी दुवैमा विग्रह आएको छ । दुई दलबीच एकता हुने भएपछि माओवादी नेता जनार्दन शर्माले लिखित फरक मत राख्नुभएको छ भने एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले छुट्टै भेला गरेका छन् ।

प्रकाशित मिति : आइतबार, कार्तिक १६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij