बुटवल । रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा लक्जरी इन्टरनेशनलको गेट अगाडि गएराती गोली चलेको छ । रातको करिब १ बजे गोली चल्दा एकजना घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीले होटलमा कार्यरत सुरक्षा गार्ड मीन बहादुर परियारमाथि गोली प्रहार भएको जानकारी दिए । डीएसपी कार्कीका अनुसार गोली लागेर बुटवल उपमहानगरपालिका-१५ निवासी २७ वर्षीय मीन बहादुर सामान्य घाइते भएका छन् । भैरहवास्थित भीम अस्पतालमा उपचार पश्चात उनको डिस्चार्ज भएको छ ।
प्राप्त सीसी टिभी फुटेजको विश्लेषणसहित घटना बारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, कार्तिक १८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्