काठमाण्डौ – पश्चिमी वायुको प्रभावले बदली भएको मौसममा आज बेलुकादेखि सुधार आउने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि देशको पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
पश्चिमी वायु क्रमशः कमजोर हुँदै जाने र मौसममा सुधार आउने सम्भावना छ । आज देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा मौसम मूख्यतया सफा रहने अनुमान छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका थोरै ठाउँ तथा बाँकी पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने अनुमान छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्