माओवादी केन्द्रसहित ९ दलको एकता राष्ट्रिय सम्मेलन आज

माओवादी केन्द्रसहित ९ दलको एकता राष्ट्रिय सम्मेलन आज

 

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित ९ दलको एकता राष्ट्रिय सम्मेलन आज हुने भएको छ । आज बिहान ११ बजे काठमाडौँको भृकुटीमण्डपमा ९ वाम दलको एकता राष्ट्रिय सम्मेलन हुने भएको हो

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ वाम दलको एकता भएको हो । जसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी र देशभक्त समाजवादी मोर्चा रहेका छन्

नयाँ दलको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ हुने भएको छ भने चुनाव चिन्ह पाँचकुने तारा प्रस्तावित गरिएको छ ।

यस एकताले एकीकृत समाजवादी भने तीन टुक्रा भएको छ भने माओवादी केन्द्र पनि विभाजित भएको छ । एकीकृत समाजवादीमा घनश्याम भुसाल समुह एकता प्रक्रियामा सहभागी नहुने भएको छ भने रामकुमारी झाक्री, किसान श्रेष्ठसहितका नेताहरुले पुरानै दल एमाले फर्किने तयारी गरेका छन् । त्यस्तै माओवादी केन्द्रका जनार्दन शर्माले पनि एकता प्रक्रियामा सहभागी नहुने भन्दै मंगलबार नै ‘प्रगतिशील अभियान नेपाल’ को घोषणा गरेका छन् । यसमा उनलाई राम कार्की र अन्जना विशुंकेले साथ दिएका छन् ।

आजको बैठकले एकताको निर्णय अनुमोदन गरेर सकिदै छ भने बुधबार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीचमा पार्टी एकताको घोषणा हुदैछ ।

प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij