बुटवल । रुपन्देही उद्योग संघको कार्तिक २२ गते हुने २४ अधिवेशनबाट नयाँ नेतृत्वको लागि मनोनयन भएको छ । बिहीबार भएको मनोनयनमा अधिकांश पदमा एकल उम्मेदारी परेपनि केही पदमा धेरै उम्मेदारी परेको छ ।
निर्वाचन समितिका प्रमुख रामप्रसाद आचार्यका अनुसार शुक्रबार दिउँसो २ बजेसम्मका लागि उम्मेदारी फिर्ता लिने समय रहेको छ । बिहीबार अध्यक्ष पदमा कृष्णप्रसाद पराजुली, वरिष्ठ उपाध्यक्ष पदमा जीवकान्त काफ्ले र हिरामणी भट्टराई, प्रथम उपाध्यक्ष पदमा हरिबहादुर खत्री, द्वितीय उपाध्यक्ष पदमा युवराज आचार्य, महासचिव पदमा सुमन बस्याल, कोषाध्यक्ष पदमा विशाल बेलवासे,सचिव पदमा अशोक कुँवर, सचिव महिलामा पदमा शारदा रेग्मी (भट्टराई), सहकोषाध्यक्ष पदमा राजु घिमिरेको उम्मेदारी परेको छ ।
त्यसैगरी सदस्य आजिवनको एक पदमा ई. किरण खरेल, सदस्य एशोसिएट पद-१ मा अखिलेश गुप्ता कशौधन, सदस्य संस्थागत पद-१ मा तेजप्रसाद पराजुली, लिलाधर लुईटेल, सदस्य खुल्ला पद-६ मा रमेशप्रसाद आचार्य, लालप्रसाद बस्याल, काशिनाथ खनाल, मेघबहादुर घिमिरे, अनिश कुमार कशौधन, सुरेन्द्र चौधरी, माधव नेपाल, थानेश्वर पाण्डेको उम्मेदारी परेको छ । त्यसैगरी सदस्य महिला पद-२ मा पार्वती गिरी र दिलु शाही, सदस्य बुटवल औद्योगिक क्षेत्र पद-१ मा प्रज्जवल थान्जु, बुटवल उपमहानगरपालिका-२ पदमा नारायणप्रसाद खनाल र डिल्लीनारायण पाण्डे, सदस्य तिलोत्तमा र ओमसतिया पद-२ मा घनश्याम पौडेल शर्मा र शतिस सापकोटा, सदस्य देवदह नगरपालिका रोहिणी गाउँपालिका पदमा चक्रपाणी तिवारी, सदस्य सैनामैना नगरपालिका, कन्चन र गैडहवा पद-१ मा कृष्णप्रसाद पोखरेल, सदस्य शुद्धोधन र सियारी गाउँपालिका पद-१ मा टंकनारायण आचार्यको उम्मेदारी परेको छ ।
सदस्य सिद्धार्थनगर नगरपालिका र मायादेवी गाउँपालिका पद-१ र सदस्य लुम्विनी सांस्कृतिक नगरपालिका,कोटहीमाई, समरीमाई र मर्चवारी पद-१ मा कसैको उम्मेदारी परेको छैन ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्