रौतहट : नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको आज बिहान काठमाडौं मेडिकल कलेज (केएमसी) मा निधन भएको छ। केही समयदेखि गम्भीर स्वास्थ्य समस्याबाट पीडित ६० वर्षीय आलमलाई विगत केही दिनयता भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
स्वास्थ्य अवस्था गम्भीर बनेपछि केही दिनअघि भारतको दिल्लीस्थित एम्स अस्पतालमा लगिएको भए पनि चिकित्सकले घरमै सेवा–सुसार गर्न सुझाव दिएपछि उनलाई पुनः नेपाल ल्याइएको थियो। काठमाडौँ स्थित केएमसीमा उपचाररत रहँदै आज विहान उहाँको निधन भएको राजपुर नगरपालिकाका नगरप्रमुख तथा उहाँको छोरा राजिक आलमले जानकारी दिए।
रौतहटको मुस्लिम समुदायबाट उदाएका आलम नेपाली काँग्रेसभित्र मधेस र मुस्लिम समाजको प्रभावशाली नेतृत्वको रूपमा स्थापित नेता थिए। उनले २०५६ र २०६४ सालमा प्रतिनिधिसभा सदस्यमा विजय हासिल गर्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको विश्वास जितेका थिए। उहाँले श्रम तथा रोजगार मन्त्रीका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए।
राजनीतिमा संगठन विस्तार र कार्यकर्ता परिचालनमा माहिर मानिने आलमले रौतहटमा कांग्रेसको आधार मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका थिए।
२०७६ सालमा २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा भएको बम विस्फोट घटनासँग जोडिँदै उहाँ चर्चामा आउनुभएको थियो। विस्फोटमा मृत्यु भएकाहरूलाई उपचार नगराई जलाएको आरोपमा उनीमाथि मुद्दा दर्ता भयो। सो मुद्दामा पक्राउ परेपछि उनी करिब ६ वर्षसम्म जेलमा रहे। उच्च अदालतले गत जेठमा उहाँलाई रिहा गरेको भए पनि उक्त मुद्दाको अन्तिम निर्णय भने अझै भएको छैन।
कारागारमा रहँदा उनको स्वास्थ्य अवस्था लगातार बिग्रिँदै गएको थियो। मृगौला, मस्तिष्क र पाचनसम्बन्धी समस्या देखिएपछि पटक–पटक विभिन्न अस्पतालमा उपचार गरिएको थियो।
उनको पार्थिव शरीर काठमाडौंबाट रौतहट ल्याइने तयारी भइरहेको छ।
प्रकाशित मिति : शनिबार, कार्तिक २२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्