एक्यान अधिवेशन : लुम्बिनी प्रदेश संयाेजकमा अर्याल र रुपन्देही सभापतिमा पाण्डे

एक्यान अधिवेशन : लुम्बिनी प्रदेश संयाेजकमा अर्याल र रुपन्देही सभापतिमा पाण्डे

एक्यान अधिवेशन : लुम्बिनी प्रदेश संयाेजकमा अर्याल र रुपन्देही सभापतिमा पाण्डे

चार्टर्ड एकाउण्टेण्ट्हरुकाे छाता संस्था नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) लुम्बिनी प्रदेश संयाेजकमा शंकर अर्याल र रुपन्देहीकाे सभापतिमा अच्यूत पाण्डेलाई सर्वसम्मत चयन गरिएकाे छ ।

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघकाे ३६ औं कार्यसमितिकाे लागि शनिबार भएकाे अधिवेशनले लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेकाे हाे । केन्द्रीय कार्यसमितिकाे लागि भने लुम्बिनी प्रदेशमा रुपन्देही र बाँकेमा चुनाव भईरहेकाे रुपन्देहीका निर्वाचन समिति संयाेजक प्रमाेद पन्थीले बताउनु भयाे ।

एक्यान लुम्बिनीका निवर्तमा अध्यक्ष छविलाल पाेखरेलका अनुसार प्रदेश कार्यसमितिमा केही पदमा उम्मेदवारी नपरेकाले संयाेजकले पूर्णता दिनुहुनेछ । त्यस्तै रुपन्देहीकाे सभापतिमा अच्यूत पाण्डे, उपसभापतिमा सगुण खनाल, सचिवमा केशव बस्याल, काेषाध्यक्षमा सन्ताेष न्याैपाने तथा कार्यसमिति सदस्यहरुमा सुवास गाैतम, अनुराग अग्रवाल, माधव सापकाेटा, सन्ताेष गुप्ता र कृष्ण खरेललाई सर्वसम्मत चयन गरिएकाे एक्यान रुपन्देहीका निवर्तमान अध्यक्ष कमल ज्ञवालीले जानकारी गराउनु भयाे ।

रुपन्देहीका निर्वाचन अधिकृत महेश ज्ञवालीका अनुसार केन्द्रीय कार्यसमितिकाे लागि शान्तिपूर्ण वातावरणमा निर्वाचन भईरहेकाे छ । बिहान ९ बजेदेखि सुरु भएकाे मतदान दिउसाे १ बजेसम्म रहने छ । केन्द्रीय समितिकाे लागि अनुप नेपाल र बद्रिकुमार गुरागाईकाे नेतृत्वमा दुई समूह चुनावी मैदानमा छन् । निर्वाचनमा लुम्बिनी प्रदेशकाे रुपन्देही मतदान केन्द्रमा ७२ जना र बाँके मतदान केन्द्रमा ४० जना मतदाता रहेका छन् ।

प्रकाशित मिति : शनिबार, कार्तिक २२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij