काठमाण्डौ – गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयका कतिपय कामबारे बोल्न नमिल्ने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत् उहाँले मन्त्रालयको प्रकृति नै संवेदनशील हुने भएकाले कतिपय काम/कारबाहीबारे बोल्न नमिल्ने अवस्था रहेको उल्लेख गर्नुभएको छ ।
जेन–जी समूहका केहीले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताइरहेका बेला गृहमन्त्री अर्यालले अहिले शुद्ध चित्तले कर्म गर्नेबाहेक आफूसँग अर्को विकल्प नरहेको प्रष्ट पार्नुभएको छ ।
पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई चुनावमार्फत निकासमा लैजाने अभिभार पूरा गर्नेतर्फ लाग्ने उहाँले बताउनुभएको छ । उहाँले संवेदनशीलतालाई बुझेर धैर्यता कायम राख्न पनि नागरिकलाई आग्रह गर्नुभएको छ ।
प्रकाशित मिति : आइतबार, कार्तिक २३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्