काठमाण्डाै – सरकारसँग वार्ताका लागि सिंहदरबार पुगेको दुर्गा प्रसाईंको समूहले २७ बुँदे माग अघि सारेको छ ।
प्रसाईं समूहले राजसंस्था फर्काउनुपर्ने, हिन्दुराष्ट्र स्थापना गर्नुपर्ने, गरिब नागरिकको २० लाख रुपैयाँसम्मको ऋण मिनाहा, त्यसभन्दा बढी ऋण ५ प्रतिशत ब्याजमा २५ वर्षमा तिर्ने मौका पाउनुपर्नेसहितका मागसमेत राखेको हो ।
सडकमा सङ्घर्ष गरिरहेका पक्षसँग वार्ता र संवादको माध्यमबाट समाधान खोज्ने नीति अनुसार सरकारले उनीहरूलाई वार्तामा बोलाएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।
गृहमन्त्रीको सचिवालयका अनुसार सरकारले प्रसाईं समूहको कतिपय माग संविधानसम्मत नरहेकोले पूरा गर्न नसकिने जवाफ दिएको छ । छलफलका क्रममा प्रसाईं समूहले आफ्नाे गतिविधि अहिंसात्मक हुने प्रतिबद्धता व्यक्त गर्दै सरकारले आफूहरूको कुरा सुन्न खोजेकोप्रति खुशी व्यक्त गरेकाे छ ।
प्रकाशित मिति : बुधबार, कार्तिक २६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्