काठमाण्डौ – मतदाताको संख्या एक करोड ९० लाख ५ हजार तीन सय २४ पुगेको छ । निर्वाचन आयोगका अनुसार पछिल्लो मतदाता नामावली संकलन थाल्नुअघि एक करोड ८१ लाख ६८ हजार मतदाता रहेकामा चुनाव घोषणापछि आठ लाख ३७ हजार ९४ जना मतदाता थपिएका हुन् ।
चुनाव घोषणा गरेपछि मतदाता नामावली दर्ता रोक्ने व्यवस्था रहेकोमा यसपटक सरकारले अध्यादेश मार्फत कानुन परिवर्तन गरेर नामावली संकलन गरेको हो । यसपटक राष्ट्रिय परिचयपत्र प्रयोग गरेर निबेदन दिँदा बायोमेट्रिकका लागि कार्यालयमा जान नपर्ने व्यवस्था गरेका कारण मतदाता सङ्ख्या उल्लेख्य बढ्न सकेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार अध्यादेश ल्याएर थपिएको समयमा कार्यालयमा गएर फोटो खिचाउन पर्नेतर्फ तीन लाख ४४ हजार ९ सय १४ जना र राष्ट्रिय परिचयपत्र प्रयोग गरेर आवेदन गर्नेतर्फ चार लाख ९२ हजार १ सय ८० जना मतदाता दर्ता भएका छन् । आयोगले कुल मतदातामध्ये ज्यान गएका वा उजुरी परेकाहरूको टुङ्गो लगाएर आउँदो पुस १५ गतेसम्म अन्तिम मतदाता संख्या सार्वजनिक गर्नेछ ।
मतदाता सूचीमा नाम समावेश भएकामध्ये आउँदो फागुन २० गतेसम्म १८ वर्ष पुग्ने व्यक्तिहरूले मात्रै फागुन २१ गतेका लागि तोकिएको चुनावमा मतदान गर्न पाउने छन् । आयोगले नामावली संकलन भने १६ वर्ष पुगेका सबैको गर्दै आएको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर ६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्