१३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सम्पूर्ण तयारी पूरा

१३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सम्पूर्ण तयारी पूरा

काठमाडौँ । मंसिर १५ गतेदेखि नेपालमा आयोजना हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद ९साग० का लागि नेपाली खेलाडीको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप० अन्तर्गत टिम तयारी समितिले आज पत्रकार सम्मेलन गरी नेपालले पदकका हिसावले सागलाई ऐतिहासिक सफल बनाउने दावी गरेको छ ।
‘हामीले २१ खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षण गराएका छौँ । चार महिनादेखि पहिलो, दोस्रो, तेस्रो र चौथो चरणमा गरी चार चरणमा तयारी गराइएको छ । विभिन्न खेलका खेलाडीले वैदेशिक प्रशिक्षसँगै विभिन्न अन्तर्राष्ट्रि«य प्रतियोगितामा सहभागिता र सम्मानजनक उपलब्धि हात पारेको राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम बहादुर रानाभाटले बताउनुभयो।

रानाभाटले राखेपको लक्ष्य अनुरुप सागमा नेपालले ५० भन्दावढी स्वर्ण जित्नका लागि राम्रो तयारी गरेको पनि बताउनुभयो । नेपालमा यसअघि सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले कूल ३१ स्वर्ण जितेको थियो । सागमा त्यतिवेला १२ खेल समावेश गरिएको थियो । साग पदकका हिसावले साग विगतको भन्दा उपलब्धिमूलक हुनेमा हामी विश्वस्थ छौं, रानाभाटले भन्नुभयो ।

रानाभाटका अनुसार सागमा नेपालले २८ खेलमा पुरुषतर्फ तीनसय १२, महिलामा दुई सय ८७ गरी कूल पाँचसय ९९ खेलाडीको सहभागिता रहनेछ । सागमा एक सय २३ प्रशिक्षक र ५० जना ब्यवस्थापकको पनि सहभागिता रहने छ । प्याराग्लाङडिङको सहभागिता लगभग सकिएको पनि रानाभाटले बताउनुभयो । खेल र खेलाडीको अन्तिम सहभागिताको विषयमा नेपाल ओलम्पिक कमिटिले एक दुईदिनमा निक्र्योल गरिसक्ने पनि बताईएको छ ।

१३औं सागको खेलाडीका लागि बैदेशिक प्रशिक्षणका लागि मात्र ४५ करोड रुपैयाँ बजेट रहेको राखेपले जनाएको छ । यसैगरी प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई पहिलो चरणमा जनही १४ सय, दोस्रो चरणको दुई हजार, तेस्रो चरणमा २२ सय र चौथो चरणमा २५ सय रुपैयाँ भत्ता उपलब्ध गराएको छ ।
त्यो विगतको भन्दा दोब्बर भएको पनि टिम तयारी समितिले जनाएको छ । सागका लागि सबै खेलका खेलाडीको छनोट समेत सम्पन्न भएको छ ।

खेलाडीको तयारी, सुविधा, वैदेशिक प्रशिक्षण र भत्ताको हिसावले खेलाडी खुशी रहेको दावी राखेपले गरेको छ । मंसिर १४ गतेसम्म सञ्चालन हुने सागका खेलहरु काठमाडौं, पोखरा र जनकपुरका हुनेछ ।

प्रकाशित मिति : मंगलबार, मंसिर ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij