काठमाण्डौ –
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् पुनर्गठन तयारी गर्नुभएको छ ।हिजो मन्त्रीहरुको छलफलमा प्रधानमन्त्रीले बुधबार मन्त्रिपरिषद पुनर्गठन गर्ने संकेत गर्नुभएको थियो । त्यसैअनुसार तयारी भैरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
हिजो भएको छलफलमा प्रधानमन्त्री ओलीले आजका लागि सार्वजनिक कार्यक्रम नराख्न र काठमाण्डौ छाडेर बाहिर नजान मन्त्रीहरुलाई आग्रह पनि गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफू निकट केही मन्त्री तथा नेताहरुसँगको परामर्शमा मन्त्रिपरिषद् हेरफेरको तयारी गर्नुभएको हो । स्रोतका अनुसार ५ देखि १० जनासम्म मन्त्री परिवर्तन हुन सक्नेछन् ।
मन्त्रीबाट कसलाई हटाउने र कसलाई राख्ने भन्नेबारे दुई अध्यक्षबीच लामो समयदेखि छलफल हुँदै आएको छ ।
मन्त्रिपरिषद हेरफेरलगायतका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो लागि बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैठकमा पार्टी एकताका बाँकी काम र समसामयिक अरु राजनीतिक विषयमा छलफल हुने नेकपाले जनाएको छ ।
एकताको धेरै काम सकिए पनि केही कमिटीको काम अझै बाँकी छन् । पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन । गएकोअस्तिको सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो ।
प्रकाशित मिति : बुधबार, मंसिर ४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्