नमस्ते टोलमा देउसी–भैलोको रकमबाट ५० वटा सेन्सर लाइट जडान, २८ पथको नामाकरण

नमस्ते टोलमा देउसी–भैलोको रकमबाट ५० वटा सेन्सर लाइट जडान, २८ पथको नामाकरण

बुटवल-बुटवल उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको नमस्ते टोल विकास संस्थाले देउसी–भैलो कार्यक्रमबाट संकलित रकमको उपयोग गर्दै ५० वटा सेन्सर लाइट जडान गर्नुका साथै २८ वटा पथको नामाकरण गरी बोर्ड स्थापना गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल १७ का अध्यक्ष ज्ञान बहादुर रेस्मीले संस्थाले देउसी–भैलोबाट उठाएको रकमलाई फजुल खर्च नगरी समाज हितमा प्रयोग गरिएको उदाहरणीय कदम भएको भन्दै प्रशंसा गर्नुभयो। उहाँले यस्तो कार्यले अन्य टोल तथा संघसंस्थालाई पनि प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले टोलमा लगाइएको लाइटले रातिको समयमा सुरक्षाको तवरले राम्रो , आपतकालीन आवतजावत र सामाजिक सुरक्षामा प्रत्यक्ष योगदान दिने उल्लेख गर्नुभयो।
कार्यक्रममा संस्थाका अध्यक्ष सुनिता रासकोटी मगरले संस्थाले संकलित रकमलाई पार्टी, भोज–भतेर वा औपचारिक कार्यक्रममै सीमित नराखी, आफ्नो टोलमा समाजले अनुभव गरिरहेको र आवश्यकताको आधारमा १ लाख ७० हजारमा लाइट जडान र वोर्ड स्थापना गरिएको बताउनुभयो उहाँले सेन्सर लाइट जडानले टोलमा अँध्यारो हट्ने, दुर्घटना तथा चोरीजस्तो जोखिम घट्ने, साँझ–राति हिँडडुल गर्न सहज हुने र खासगरी महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई ठूलो राहत हुने उल्लेख गर्नुभयो।

कार्यक्रममा जनप्रतिनिधि रामप्रसाद न्यौपानेले टोलको नामकरण र बोर्ड स्थापना गरिएको विषयमा टोल पहिचान स्पष्ट भएपछि ठेगाना व्यवस्थापन सहज हुने, सेवा सुविधामा पहुँच बढ्ने, उद्धार तथा विपत् व्यवस्थापनमा सहयोग पुग्ने, साथै स्थानीय पहिचान जोगिन मद्दत गर्ने बताउनुभयो।
कार्यक्रममा टोल विकास संस्थाका सल्लाहकार टंकप्रसाद न्यौपाने, संस्थापक अध्यक्ष कृष्णकुमारी पाण्ड्य लगायतका वक्ताहरूले यो पहलले टोललाई उज्यालो, सुरक्षित र व्यवस्थित बसोबास क्षेत्र बनाउने अभियानलाई मजबुत बनाउने धारणा राख्नुभयो।

कार्यक्रम संस्थाका कोषाध्यक्ष झरना सुर्यवंशीको सञ्चालन र उपाध्यक्ष हरिलाल भुसालको स्वागत मन्तव्यसहित सम्पन्न भएको हो। समुदायको श्रम, सहयोग र एकताबाट गरिएको यस कार्यले बुटवल–१७ लाई सहभागितामूलक विकासको राम्रो नमुना बनाएको स्थानीयवासीले बताएका छन्। नमस्तेटोलमा करिव २५० घरधुरी रहेका छन् ।
समुदायको सक्रिय भागीदारी र स्थानीय बासिन्दाको सहयोगमा सम्पन्न यो कामलाई टोलवासीले उदाहरणीय सामाजिक पहलका रूपमा लिएका छन्।

प्रकाशित मिति : शनिबार, पुष ५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij