यसअघि समानुपातिकतर्फबाट सांसद बनेकालाई कांग्रेसले यस पटक उम्मेदवार नबनाउने

यसअघि समानुपातिकतर्फबाट सांसद बनेकालाई कांग्रेसले यस पटक उम्मेदवार नबनाउने

काठमाण्डाै – नेपाली कांग्रेसले यसअघि समानुपातिक तर्फबाट सांसद बनेकाहरूलाई यस पटक उम्मेदवार नबनाउने निर्णय गरेको छ ।

समानुपातिकको बन्दसूचीमा राख्ने उम्मेदवारहरूको नाम छनोट गर्न आज बसेको कार्यसम्पादन समितिको बैठकले समानुपातिक निर्वाचन प्रणाली लागू भएयता २०६४, २०७०, २०७४ र २०७९ सालमा भएका कुनै पनि चुनावबाट समानुपातिक सूचीमा परि प्रतिनिधिसभा र प्रदेशसभामा सांसद बनेकाहरूलाई अब उम्मेदवार नबनाउनेसहित भोलि आयोगमा बन्दसूची बुझाउने निर्णय गरेको हो ।

यस्तै बैठकले विभिन्न समयमा परित्याग गरेर स्वतन्त्र बसेकादेखि अन्य पार्टीमा गएर उम्मेदवार बनेकासम्मलाई पार्टीमा फर्कन आह्वान गरेको छ ।

यस्तै यसअघिका चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरूमाथि गरेको कारबाही पनि फुकुवा गरेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : आइतबार, पुष १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij