प्रतिनिधिसभा चुनावका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने क्रम शुरू

प्रतिनिधिसभा चुनावका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने क्रम शुरू

काठमाण्डाै – राजनीतिक दलहरूले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउन थालेका छन् ।

आयोगका अनुसार आज नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लगायतका राजनीतिक दलले बन्दसूची पेश गरेका छन् । भोलि बेलुका ६ बजेसम्म दलहरूबाट सूची बुझ्ने तयारी गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । भोलिसम्म सबै दलबाट सूची आउने अपेक्षाका साथ सेवा दिन तयार रहेको उहाँको भनाइ छ ।

यसैबीच निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावमा समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि पुस १९ गतेदेखि माघ १८ गतेसम्म अस्थायी मतदाता नामावली सङ्कलन गर्ने भएको छ । चुनावमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी लगायतलाई समानुपातिकतर्फ मताधिकार दिन अस्थायी नामावली सङ्कलन गरिन्छ ।

प्रकाशित मिति : आइतबार, पुष १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij