काठमाडौँ : ऊर्जामन्त्री कुलमान घिसिङले राजनीतिमा सक्रिय रहेका मन्त्रीहरूलाई पद छाड्न प्रधानमन्त्रीले दिएको निर्देशनपछि आफ्नो धारणा सार्वजनिक गरेका छन्।
प्रधानमन्त्रीको निर्देशनबारे आज पत्रकारहरूले जिज्ञासा राख्दा मन्त्री घिसिङले आफू हालसम्म कुनै पनि राजनीतिक दलको सदस्य नरहेको स्पष्ट पारे। उनले अहिले नै आफू दलगत राजनीतिमा संलग्न नभएको दाबी गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहमति गर्दै चुनावमा होमिने तयारी गरेको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीले उनलाई पद छाड्न निर्देशन दिएकी थिइन्।
यस विषयमा प्रतिक्रिया दिँदै मन्त्री घिसिङले आवश्यक परेको समयमा राजीनामा दिने तयारी रहेको पनि बताए।
प्रकाशित मिति : मंगलबार, पुष २२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्