राष्ट्रिय सभा निर्वाचनः कांग्रेस, ९, एमाले ८ र लोसपालाई १ सिट

राष्ट्रिय सभा निर्वाचनः कांग्रेस, ९, एमाले ८ र लोसपालाई १ सिट

काठमाडौं : आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएका छन्।

बुधवार कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले तीन वटा राजनीतिक दलहरू मिलेर राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रतिष्पर्धा गर्ने निर्णय गरेको हो। जसमा नेपाली कांग्रेसले ९ सिट, एमालेले ८ र लोसपाले १ सिट लिएको कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए।

उनकाअनुसार नेपाली कांग्रेसले प्राप्त गरेको ९ स्थानमा कोशीबाट सुनिल थापा, मधेसमा दलित र अल्पसंख्यक कांग्रेसले लिएको छ। अल्पसंख्यकमा रञ्जित कर्ण, दलितमा रौतहटका धमेन्द्र पासवानलाई अघि सारिएको बताए।  बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमिल्सिना, लुम्बिनीबाट चन्द्रबहादुर केसी, वासुदेव जंगली, कर्णालीबाट ललितजंग शाही, सुदूरपश्चिमबाट खम्मबहादुर खाती रहनुभएको बताए।

नेपाली कम्युनिष्ट पार्टीले विभिन्न कुरामा असहमति जनाएपछि कांग्रेस र एमाले अघि बढेको बताए।

प्रकाशित मिति : बुधबार, पुष २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij